४ पुस २०८२, शुक्रबार | December 20, 2025

शनिबार थपिए कोरोना भाइरसका १६७४ संक्रमित, हालसम्म १३०५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको नयाँ तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४४ पीसीआर परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण गर्दा २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

शनिबारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

शनिबार निको हुनेको संख्या २३२३ रहेको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेहरु १ लाख ९३ हजार ३२५ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । देशभर १३ सय ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ४ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको