१४ असार २०८३, आइतबार | June 29, 2026

सरकारले गरेको प्रगति देखेर केही मान्छे आत्तिए : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशमा गरेको प्रगति देखेर केही मान्छेहरु आत्तिएको बताएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सामा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको प्रगति हेरेर तर्सिएका केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताएका छन् ।

ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न पनि सबैलाई आग्रह गरेका छन् ।

सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले सरकार परिवर्तनको हल्ला फैलाएको भन्दै ओलीले भने, ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आत्तिएका छन् ।’

प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने दाबी समेत गरे । उनले लिम्पियाधुरा लिपुलेक सरकाले फिर्ता ल्याएमा लोकप्रियता बढ्छ भनेर आत्तिएकाहरुले नै देशलाई स्थिरतामा आउन नदिएको टिप्पणी गरे ।

ओलीले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ बनाउने आफ्नो नीति रहेको बताए । भारत र चीनसँगको सम्बन्धलाई सुधार गरेर सरकारले सफलता हासिल गरेको उनले जिकिर गरे ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरेका थिए भने प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरेकी थिइन । शाक्लये घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ समेत सहयोग गरेकी थिइन । उक्त रकमबाट प्रत्येकवर्ष १० जनालाई छात्रवृत्ति प्रदान गर्न उनले विद्यालयलाई आग्रह गरिन ।

प्रधानमन्त्री ओलीको साथमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत रहेका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ३ : ३७ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा