१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

थप १९८० जनालाई कोरोना संक्रमण, ३०४३ संक्रमणमुक्त



काठमाडौं । सोमबार थप १९८० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

देशभरका प्रयोगशालामा पीसीआर परीक्षण कम हुँदा कोरोना संक्रमितको संख्या पनि निरन्तर घटिरहेको छ । हालसम्म १६ लाख ७० हजार ४५६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । सोमबार १८ हजार ८८४ जना सक्रिय संक्रमित छन् ।

सोमबार ३ हजार ४३ जना संक्रमित निको भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म १३३७ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : २२ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको