४ पुस २०८२, शुक्रबार | December 20, 2025

सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा



सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो ।

अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा रु दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफब्वाइ साबुनको प्रतिगोटा मूल्य रु तीन हजार ८३१‍.४२ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए । नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थियो ।

शीर्षकअनुसार खर्च गरी बिल भर्पाइ राखिएको र सार्वजनिक गरिएको आय-व्यय हिसाबको ‘प्रिन्ट मिस्टेक’ भएर सञ्चारमाध्यममा भ्रामक समाचार पुगेको नगरप्रमुख आतेशकुमार सिंह यादवले स्पष्ट पार्ने प्रयास गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएकाले खर्च विवरण बढी देखिएको बताउँदै रु एक करोड २७ लाख २९ हजार ४२९ कोरोना शीर्षकमा खर्च भएको जानकारी दिए ।

बोदे बर्साइन नगरपालिका कार्यालयले २०७६ चैत २२ गते ९५ वटा साबुन रु तीन लाख ६३ हजार ९८५ लागतमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा देखाएको थियो । टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगरप्रमुख यादवको जिकिर छ ।

सार्वजनिक गरिएको हिसाबको अर्को शीर्षकमा भने साबुनको प्रतिगोटा रु २९९.९६ पैसाको दरले खरिद गरिएको उल्लेख छ ।

अर्को शीर्षकमा एक हजार ४४० वटा लाइफब्वाइ साबुनलाई रु चार लाख ३१ हजार ९५५ मा खरिद गरिएको हिसाब देखाइएको छ । रासस

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको