१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बालिका हत्या आरोपी साहको घरमा स्थानीयद्वारा आगजनी



महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकालाई हत्या गरेको अभियोग लागेका अरुण साहको घरमा स्थानीयले आगो लगाइदिएका छन् ।

हत्याको विरोधमा मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका स्थानीयले साहको घर तोडफोड गर्दै आगजनी गरेका हुन् । आक्रमण भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ ।

आगो नियन्त्रण लिन आएको दमकललाई समेत प्रदर्शनकारीले अवरोध गरेका छन् ।

प्रदर्शनका कारण पुर्व–पश्चिम राजमार्ग पुर्णरुपमा बन्द भएको छ भने स्थानीयले मुख्य सडकको चोक–चोकमा टायर बालेर प्रर्दसन गरेका छन ।

बालिकाको हत्या गरेको स्वीकार गरिसकेका साहले किन हत्या गरे भन्ने बिषय भने अझै खुल्न सकेको छैन । स्थानीयले भने बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बालिकाको शवको प्रकृति हेर्दा बलात्कार नै गरेको पुष्टि हुने उनीहरुले बताएका छन् । हत्या आरोपी साह मंगलबार बिहानै पक्राउ परिसकेका छन् ।

अभियुक्त अरुण साह अपराधीक मानसिकताको भएको र उसको अपराधमा प्रहरीले समेत साथ दिएको स्थानीयले आरोप लगाएका छन् । साह यसअघि पनि दुई पटक यस्तै घटनामा संलग्न भएपनि प्रहरी र नेताहरुको संरक्षणमा उन्मुक्ति पाएको उनीहरुको आरोप छ ।

गत आइतबार साँझ चकलेट किन्न भनेर घरबाट बाहिर निस्केकी बर्दिबास नगरपालिका वडा नंं १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन त्यसपछि वेपत्ता थिइन ।

बालिका खातुनको शव हत्या आरोपी अरुण साहकै घर नजिकैको खेतमा सोमबार राति फेला परेको थियो ।

खातुनको हत्या गरेर शवलाई बोरामा बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

स्थानीयको घरमा खानतलासी लिने क्रममा अरुण साहको परिवारले अवरोध गरेपछि बालिकालाई साहकै घरमा लुकाएर राखेको आशंकामा प्रहरीले सोही घर र आसपासमा खोजतलास गरेको थियो ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : ४४ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट