२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ



दाङ । आफ्नै हजुर आमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

गढवा गाउँपालिका–१ चिसापानीका ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गएराति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवन घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाईसमेत घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानी घाइते बनाएका थिए ।

उक्त घटनाको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : १३ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त