२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कोरोना महामारीका बीच सुरु भएको कक्षा १२ को परीक्षा : पहिलो दिन सहज रुपमा सम्पन्न



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गत बैशाखमा सम्पन्न हुनुपर्ने कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ ।

कोभिड १९ संक्रमण बढेपछि सरकारले लगाएको देशव्यापी लकडाउनका कारण सो समयमा परीक्षा स्थगित भएको थियो ।

परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्याङ्कन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

बिहान ८ बजेदेखि साढे आठ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा सहज ढंगले सम्पन्न भएको छ ।

एक पटकका लागि नयाँ फरक कार्यविधि बनाएर सुरु गरिएको परीक्षामा पहिलो दिन कहिँ कतै केही मिनेट ढिलो भएपनि शान्तिपूर्ण र सहज रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रणक कृष्णप्रसाद शर्माले बताए ।

यसपटक विद्यार्थीहरुले आफैले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् । यस्तै गाउँघरमा गएका विद्यार्थीहरुले भने आफुलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष समेत रहेकाका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै परीक्षा केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताए । यस्तै परीक्षा केन्द्रहरुमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्ड समेत पालना भएको पाइएको सचिव मैनालीले जानकारी दिए ।

परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क तथा फेससिल लगाउने, सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपात्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा पुग्दा जनस्वास्थ्य मापदण्डका सम्पूर्ण मापदण्डहरु पुरा गरेको पाइएको छ । परीक्षामा विद्यार्थीले लेखिसकेपछि भिडभाड नगरिकन कापीलाई तोकिएको ठाउँमा राखेर बाहिर निस्कने व्यवस्था मिलाइएको पनि केन्द्राध्यक्षहरुले बताएका छन् ।

एउटा परीक्षा कोठामा बढीमा २० जनासम्म विद्यार्थी राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्कको प्रयोग गरेका छन् । परीक्षामा कोही विद्यार्थी विरामी परेमा छुट्टै कोठामा राखेर परीक्षा दिन पाउने व्यवस्था पनि विद्यालयहरुले गरेका छन् ।

परीक्षा सञ्चालनमा स्थानीय तहहरुले सहयोग गरिरहेका छन् । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १२ : ३२ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस