४ पुस २०८२, शुक्रबार | December 19, 2025

तातोपानीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले ल्यायो सामग्री



काठमाडौं । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल-चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ ।

बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन । चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था गरिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

तातोपानी भन्सार कार्यालयबाट यसअघि थौरै मात्रामा मात्र सामान आयात भएको भनी व्यापारीले गुनासो गर्दै आएका थिए । नाका सञ्चालनका विषयमा नेपाल-चीनबीचको छलफलमा चीन पक्षले कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानीबारे पटकपटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताए ।

गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । चिनियाँ कन्टेनरले सामग्री ल्याइदिने हुँदा अब नेपाली व्यापारीका सामग्री आउने आशा गर्न सकिने जनाइएको छ । रासस

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको