२७ असार २०८३, शनिबार | July 12, 2026

१२ बढी देशको भाषामा बोल्ने कपिलवस्तुका ‘फुच्चे टुरिष्ट गाईड’ बेपत्ता भएको २३ दिनमा फेलापरे



कपिलबस्तु । कपिलवस्तुका ‘फुच्चे गाइड’ राहुल साहनी २३ दिनपछि फेला परेका छन् । उनी फेलापरेसँगै ‘यति धेरै दिनसम्म कहाँ थिए त ?’ भन्ने जिज्ञासा धेरैलाई लागेको छ । कपिलवस्तु नगरपालिका–३ घर भएका साहनी गत कात्तिक १७ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए । उनी गत कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्केका उनी मंसिर १० बुधबार फेला परेका छन् ।

विद्यालय हिँडेका साहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्ले । गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर अपराह्न साढे ३ बजे उनी बेलिपार्कमा आमाको काकाकी छोरी मीरा साहनीका घरमा पगे । दिदीका घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकाले आफू फर्किएको साहनीले बताए ।

जम्मा तीन सय भारतीय रुपियाँ आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको साहनीले बताए । बन्दाबन्दीपछि विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जान दबाब दिने गरिएकाले आफू भागेको प्रहरीसमक्ष उनले बताए । रासस

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका