काठमाडौं । बिहीबार कोरोना भाइरसका १ हजार ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म १७ लाख पीसीआर परीक्षण भएको छ । जसमध्ये बिहीबार थपिएका १ हजार ६१४ नयाँ संक्रमितसहित २ लाख २७ हजार ६४० जनालाई कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । १६ हजार ७९३ जना अझै पनि सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १हजार ४१२ पुगेको छ । ६८० जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया