५ चैत्र २०८२, बिहिबार | March 19, 2026

हालसम्म १७ लाख पीसीआर परीक्षण, १४१२ जनाको मृत्यु



काठमाडौं । बिहीबार कोरोना भाइरसका १ हजार ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म १७ लाख पीसीआर परीक्षण भएको छ । जसमध्ये बिहीबार थपिएका १ हजार ६१४ नयाँ संक्रमितसहित २ लाख २७ हजार ६४० जनालाई कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । १६ हजार ७९३ जना अझै पनि सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १हजार ४१२ पुगेको छ । ६८० जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : २२ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे