१० भदौ २०८३, बुधबार | August 27, 2026

नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प छैन : भारतीय विदेश सचिव श्रृंगला



काठमाडौं । भारतीय विदेश सचिव भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा भारतीय विदेशसचिव श्रृंगलाले दुई देशबीच अझ मजबुद सहकार्य आवश्यक रहेको बताएका छन् ।

श्रृंगलाले दुई मलुकको सम्बन्ध थप मजबुतीका लागि विकास सहायता, मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु चार खम्बा भएको टिप्पणी गरे ।

उनले नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गर्दै द्विपक्षीय सहायता तथा सहकार्यलाई थप अघि बढाइने जनाए । भारत र नेपालबीच रहेको विभिन्न संयन्त्रहरु अब नियमित र क्रियाशील भएको उनले बताए ।

भारतीय विदेशसचिव श्रृंगलालले कोरोना महामारीको संकटपूर्ण अवस्थामा दुवै देश सँगै मिलेर लड्नुपर्नेमा जोड दिए । । भारत संसारकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भएको दाबी गर्दै उनले नेपालको खोप आवश्यकता पुरा गर्ने भारतको प्राथमिकता हुने प्रतिवद्धता जनाए ।

 

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ०६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट