२९ माघ २०८१, मंगलबार | February 12, 2025

ढकालले प्रधानलाई जवाफ फर्काए, – अर्काको एजण्डा बोक्नेले संस्थाको विकास गर्दैन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

राजधानीमा बिहीबारबाट सुरु भएको महासंघको ५४ औं साधारणसभाको दोस्रो दिन बन्द सत्रलाई सम्बोधन गर्दै ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको महासंघको नेतृत्वका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनुपर्ने जिकिर गरेका हुन् ।

ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने दाबी गरे ।

ढकालले अर्काको एजेण्डा बोकेर नहिँड्न आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई आग्रह गरे । उनले भने, ‘अर्काको एजेन्डामा हिँड्नु भएन, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ । अर्को मान्छेको एजेन्डा फलो गर्नु र सहयोगी मात्रै बन्छु भन्नु राम्रो होइन ।’

त्यसअघि प्रधानले ढकाललाई उम्मेदवारी फिर्ता लिन भन्दै यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरेका थिए । प्रधानले सहमति नभएको खण्डमा आगामी अध्यक्ष गोल्छाको १० वर्षे कार्ययोजना अनुसार आफूहरुले काम गर्ने र यसका लागि आफ्नो प्यानललाई नै जिताउन आग्रह गरेका थिए ।

तर, जवाफ फर्काउँदै ढकालले आफ्नो एजण्डामा हिँड्न प्रधानलाई सुझाव दिएका थिए । ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्छ भन्दै अघि भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’ उनले थपे, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ५७ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर