११ श्रावण २०८३, सोमबार | July 28, 2026

ढकालले प्रधानलाई जवाफ फर्काए, – अर्काको एजण्डा बोक्नेले संस्थाको विकास गर्दैन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै नेतृत्वमा आउनुपर्ने बताएका छन् ।

राजधानीमा बिहीबारबाट सुरु भएको महासंघको ५४ औं साधारणसभाको दोस्रो दिन बन्द सत्रलाई सम्बोधन गर्दै ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको महासंघको नेतृत्वका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै आउनुपर्ने जिकिर गरेका हुन् ।

ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आढ भरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने दाबी गरे ।

ढकालले अर्काको एजेण्डा बोकेर नहिँड्न आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई आग्रह गरे । उनले भने, ‘अर्काको एजेन्डामा हिँड्नु भएन, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ । अर्को मान्छेको एजेन्डा फलो गर्नु र सहयोगी मात्रै बन्छु भन्नु राम्रो होइन ।’

त्यसअघि प्रधानले ढकाललाई उम्मेदवारी फिर्ता लिन भन्दै यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरेका थिए । प्रधानले सहमति नभएको खण्डमा आगामी अध्यक्ष गोल्छाको १० वर्षे कार्ययोजना अनुसार आफूहरुले काम गर्ने र यसका लागि आफ्नो प्यानललाई नै जिताउन आग्रह गरेका थिए ।

तर, जवाफ फर्काउँदै ढकालले आफ्नो एजण्डामा हिँड्न प्रधानलाई सुझाव दिएका थिए । ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्डा हुनुपर्छ भन्दै अघि भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’ उनले थपे, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ५७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला