१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मंसिर १४ बाट बुटवल पाल्पा सडक दैनिक ४ घण्टा बन्द हुने



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड भोलि (मंसिर १४) देखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

झुम्सा–दोभान खण्डमा घुम्तीका मोड काट्न तथा सडक कालोपत्रे गर्न मंसिर १४ गते आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

५ दिनसम्म हरेक दिन बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् । अघिल्लो हप्तामा सडक डिभिजनले पाल्पा-गुल्मी सडकखण्डमा पनि मोड काट्न र वर्षामा गएको पहिरो हटाउन १० दिन सम्म सडक बन्द गरेर काम सुचारु गरेको थियो । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई अघि बढाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : १२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ