१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मंसिर १४ बाट बुटवल पाल्पा सडक दैनिक ४ घण्टा बन्द हुने



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड भोलि (मंसिर १४) देखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

झुम्सा–दोभान खण्डमा घुम्तीका मोड काट्न तथा सडक कालोपत्रे गर्न मंसिर १४ गते आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

५ दिनसम्म हरेक दिन बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् । अघिल्लो हप्तामा सडक डिभिजनले पाल्पा-गुल्मी सडकखण्डमा पनि मोड काट्न र वर्षामा गएको पहिरो हटाउन १० दिन सम्म सडक बन्द गरेर काम सुचारु गरेको थियो । घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई अघि बढाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : १२ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा