४ बैशाख २०८१, मंगलबार | April 17, 2024

कोरोना महामारी नियन्त्रणमा खटिएका धनुषाका ३३ वर्षीय डाक्टरको न्युयोर्कमा निधन



न्यूयोर्क । कोरोना महामारी नियन्त्रणमा खटिएका एक जना नेपाली डाक्टरको अमेरिकामा निधन भएको छ ।

न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

पुख्यौली घर धनुषाको देवपुरा रुपेठा रहेका रविन्द्र झा र कविता झाका छोरा डा. रोशन झा न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका थिए । कार्डियोलोजीमा आफ्नो करिअर खोजिरहेका उनले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर बिरामीहरुको सेवा गरेका थिए । उनको निधनपछि परिवार शोकमा डुबेको छ ।

बिहान समेत विरामीको चेक गरेका उनको दिउँसो अचानक हृदयघातबाट निधन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन्।

काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका थिए । उनको केहीबर्ष अघिमात्रै नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका उनले केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका थिए । उनको रेजिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

रोशनकी पत्नी स्वेता ठाकुरले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डेन्टल सर्जरीमा ब्याचलर गरेकी हुन् । हाल उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनकी विद्यार्थी हुन् ।

झाको परिवारको सहयोगका लागि गोफण्डमीमा १ लाख ६२ हजार डलर संकलन भइसकेको छ । उनले ऋणधन गरेर पढेका र परिवारमा ३ लाख डलर ऋण भएकाले सहयोगका लागि रकम संकलन अभियान चलाइएको हो ।

उनको निधनप्रति मधेशी एसोसिएसन इन अमेरिकाले शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । संस्थाका महासचिव संगीत रौनियाले वक्तव्य जारी गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । खसोखासबाट

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ३० बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि