१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना महामारी नियन्त्रणमा खटिएका धनुषाका ३३ वर्षीय डाक्टरको न्युयोर्कमा निधन



न्यूयोर्क । कोरोना महामारी नियन्त्रणमा खटिएका एक जना नेपाली डाक्टरको अमेरिकामा निधन भएको छ ।

न्युयोर्क रोचेष्टरको रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

पुख्यौली घर धनुषाको देवपुरा रुपेठा रहेका रविन्द्र झा र कविता झाका छोरा डा. रोशन झा न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका थिए । कार्डियोलोजीमा आफ्नो करिअर खोजिरहेका उनले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर बिरामीहरुको सेवा गरेका थिए । उनको निधनपछि परिवार शोकमा डुबेको छ ।

बिहान समेत विरामीको चेक गरेका उनको दिउँसो अचानक हृदयघातबाट निधन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन्।

काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका थिए । उनको केहीबर्ष अघिमात्रै नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका उनले केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका थिए । उनको रेजिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

रोशनकी पत्नी स्वेता ठाकुरले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डेन्टल सर्जरीमा ब्याचलर गरेकी हुन् । हाल उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनकी विद्यार्थी हुन् ।

झाको परिवारको सहयोगका लागि गोफण्डमीमा १ लाख ६२ हजार डलर संकलन भइसकेको छ । उनले ऋणधन गरेर पढेका र परिवारमा ३ लाख डलर ऋण भएकाले सहयोगका लागि रकम संकलन अभियान चलाइएको हो ।

उनको निधनप्रति मधेशी एसोसिएसन इन अमेरिकाले शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । संस्थाका महासचिव संगीत रौनियाले वक्तव्य जारी गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । खसोखासबाट

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ३० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ