२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पार्टीभित्रको विवाद विधिसम्मत समाधान गर्छौं : कृषिमन्त्री भुषाल



चितवन । नेकपा स्थायी कमिटी सदस्य एवं कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीभित्रको समस्याको विधिसम्मत रुपमा समाधान खोजिने बताएका छन् ।

चितवनमा शनिबार संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भुषालले दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी लागि परेको बताए ।

भुषालले भने, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन । त्यस्तै हो यो । विवाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । मन्त्री भुषालले भने, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।”

त्यसक्रममा कृषिमन्त्री भुषालले कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताए । उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।”

कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै मन्त्री भुषलले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १ : ४८ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार