२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

काठमाडौंमा सत्तारुढ दलमा विग्रहपूर्ण बहस चलिरहँदा नेपालगन्जमा घन्कियो गणतन्त्र विरोधी नारा



नेपालगन्ज । काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी [नेकपा]मा विग्रहपूर्ण बहस चलिरहेका बेला नेपालगन्जमा सयौंको संख्यामा पूर्व राजा समर्थकहरु जम्मा भएर गणतन्त्रको विरोधमा प्रदर्शन गरेका छन् ।

उनीहरुले गणतान्त्रिक व्यवस्थाले देशलाई भ्रष्टाचारको दलदलमा पु-याएको भन्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नारा समेत लगाएका छन् । बाँकेको काहेलपुरबाट मोटरसाईकलसहित निस्केको जुलुसले नेपालगन्ज नगरको बिभिन्न भागहरु परिक्रमा गरेको थियो ।

हिन्दु राष्ट्रवादीको आयोजनामा बाँकेको कोहलपुरबाट सुरु भएको मोटरसाईलक -याली नेपालगन्जको बागेश्वरी मन्दिर, न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड़को वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झन्डासहित यालीमा सहभागी भएका युवाहरुले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए ।

राष्ट्रको राज्य संचालनको बागडोर सम्हालेको नेकपामा विग्रहपूर्ण अस्वस्थ बहस चलिरहेका बेला तथा एम्नेष्टि ईण्टरनेशनलको प्रतिबेदनमा एसियामै भ्रष्टाचारको अग्रथानमा नेपालको नाम सुचिकृत भएको अवस्थामा राजावादीहरुले नेपालगन्जमा निकालेको प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  २ : ५९ बजे

बेनी-जोमसोम-कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको

आजको मौसम : लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको

चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई महासङ्घको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा

कांग्रेस १५ औँ महाधिवेशन : आज मतदान, ७ हजार २५५ प्रतिनिधिले नेतृत्व छान्दै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा