२२ मंसिर २०८२, सोमबार | December 9, 2025

काठमाडौंमा सत्तारुढ दलमा विग्रहपूर्ण बहस चलिरहँदा नेपालगन्जमा घन्कियो गणतन्त्र विरोधी नारा



नेपालगन्ज । काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी [नेकपा]मा विग्रहपूर्ण बहस चलिरहेका बेला नेपालगन्जमा सयौंको संख्यामा पूर्व राजा समर्थकहरु जम्मा भएर गणतन्त्रको विरोधमा प्रदर्शन गरेका छन् ।

उनीहरुले गणतान्त्रिक व्यवस्थाले देशलाई भ्रष्टाचारको दलदलमा पु-याएको भन्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नारा समेत लगाएका छन् । बाँकेको काहेलपुरबाट मोटरसाईकलसहित निस्केको जुलुसले नेपालगन्ज नगरको बिभिन्न भागहरु परिक्रमा गरेको थियो ।

हिन्दु राष्ट्रवादीको आयोजनामा बाँकेको कोहलपुरबाट सुरु भएको मोटरसाईलक -याली नेपालगन्जको बागेश्वरी मन्दिर, न्युरोड, पुष्पलाल चोक, सुर्खेतरोड़को वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक, सदरलाइन हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झन्डासहित यालीमा सहभागी भएका युवाहरुले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए ।

राष्ट्रको राज्य संचालनको बागडोर सम्हालेको नेकपामा विग्रहपूर्ण अस्वस्थ बहस चलिरहेका बेला तथा एम्नेष्टि ईण्टरनेशनलको प्रतिबेदनमा एसियामै भ्रष्टाचारको अग्रथानमा नेपालको नाम सुचिकृत भएको अवस्थामा राजावादीहरुले नेपालगन्जमा निकालेको प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  २ : ५९ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट