४ पुस २०८२, शुक्रबार | December 20, 2025

कुनैबेला कोरोनाको ‘इपीसेण्टर’ बाँकेको नरैनापुरका बिद्यालय आईतबारदेखि सञ्चालन हुने



नेपालगन्ज । कोरोना कहरले सुरुका दिनहरुमै आत्रान्त बनेको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने भएका हुन् ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान शुरु हुनेछ । ती विद्यालयका पनि माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई हुनेछ ।

कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अबरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आइतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । पछिल्लो समय नरैनापुरमा कोरोना नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताए ।

“शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा उल्लेख भएका मापदण्ड अनुसार मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ,” प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भने–“एक सातासम्म त्यसको प्रभाव हेरेर त्यसपछि थप विद्यालय र कक्षाहरु सुचारु गर्ने बारे निर्णय लिन्छौं ।”

प्रत्येक दिन कक्षा सुरु हुनु अगावै स्यानीटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानीटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले जानकारी दिए ।

आइतबारदेखि खुल्ने विद्यालयहरुले मन्त्रालयको कार्यढाँचा र गाउँपालिकाको निर्णय अनुसार पूर्व तयारी गरेको बताएका छन् । पूर्ण सावधानीका साथ विद्यालय सञ्चालन गर्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको