१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एफएनसीसीआईको मत परिणाम आउन सुरु, प्रदेशबाट ६ केन्द्रीय सदस्यको परिणाम सार्वजानिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ । निर्वाचनमा प्रदेश समितिका तर्फबाट केन्द्रीय सदस्यमा भएको निर्वाचनको परिणाम सार्वजानिक भएको छ । जस अन्तर्गत वागमती प्रदेश बाहेक अन्य प्रदेशका ६ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशको तर्फबाट महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ७ जनामध्ये ६ जनाको मतपरिणाम आएको हो ।

प्रदेश १ अन्तर्गत राजेन्द्र राउत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोदप्रसाद
साहको शून्य मत आएको छ ।

गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत ल्याएका थिए । त्यस्तै, लुम्बिनी प्रदेशबाट जमसेद मियाँ १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज बञ्जाडेले ९ मत प्राप्त गरे ।

कर्णाली प्रदेशबाट लालीमान बुढा ७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत मात्र ल्याए । सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ मत ल्याएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ३६ बजे

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र