२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एफएनसीसीआईको मत परिणाम आउन सुरु, प्रदेशबाट ६ केन्द्रीय सदस्यको परिणाम सार्वजानिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ । निर्वाचनमा प्रदेश समितिका तर्फबाट केन्द्रीय सदस्यमा भएको निर्वाचनको परिणाम सार्वजानिक भएको छ । जस अन्तर्गत वागमती प्रदेश बाहेक अन्य प्रदेशका ६ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशको तर्फबाट महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ७ जनामध्ये ६ जनाको मतपरिणाम आएको हो ।

प्रदेश १ अन्तर्गत राजेन्द्र राउत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोदप्रसाद
साहको शून्य मत आएको छ ।

गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत ल्याएका थिए । त्यस्तै, लुम्बिनी प्रदेशबाट जमसेद मियाँ १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज बञ्जाडेले ९ मत प्राप्त गरे ।

कर्णाली प्रदेशबाट लालीमान बुढा ७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत मात्र ल्याए । सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ मत ल्याएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ३६ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ