१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एफएनसीसीआई वस्तुगतको पनि मतगणना सकियो, ढकाल र प्रधान समूहका ७-७ जना निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत तर्फबाट केन्द्रय सदस्यहरुको मतगणना सकिएको छ । वस्तुगतबाट १४ जना केन्द्रीय सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका थिए । दुई समूह बनाएर निर्वाचनमा उत्रिएका उद्योगी ब्यवसयीक उम्मेदवारहरुमा वस्तुगतमा भने मतदाताहरुले दुबै समूहलाई बराबर परिणाम दिएका छन् । चन्द्र ढकाल र किशोर प्रधान समूहबाट निर्वाचन लडेका मध्य ७-७ जना निर्वाचित भएका हुन् ।

विजयी हुनेमा सबैभन्दा धेरै मत ल्याउनेले ७७ मत तथा सबैभन्दा कम मत ल्याउनेले ४९ मत ल्याएका छन् ।

वस्तुगत तर्फबाट निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ ६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०), प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३), विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१), सुवोधकुमार गुप्ता (५०), गोविन्द ढुंगेल (५०) र आकाश अधिकारीले (४९) मत पाएका छन् ।

सुमित केडिया, नरेशलाल श्रेष्ठ, भक्त हमाल, प्रकाशमान सिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता र आकाश अधिकारी ढकाल समूहका हुन् भने सन्दीप कुमार अग्रवाल, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिषलाल प्रधान, सकुन्तला हिराचन, विष्णु गैरे र गोविन्द ढुंगेल प्रधान समूहका हुन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ५२ बजे

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२