१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एफएनसीसीआई वस्तुगतको पनि मतगणना सकियो, ढकाल र प्रधान समूहका ७-७ जना निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत तर्फबाट केन्द्रय सदस्यहरुको मतगणना सकिएको छ । वस्तुगतबाट १४ जना केन्द्रीय सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका थिए । दुई समूह बनाएर निर्वाचनमा उत्रिएका उद्योगी ब्यवसयीक उम्मेदवारहरुमा वस्तुगतमा भने मतदाताहरुले दुबै समूहलाई बराबर परिणाम दिएका छन् । चन्द्र ढकाल र किशोर प्रधान समूहबाट निर्वाचन लडेका मध्य ७-७ जना निर्वाचित भएका हुन् ।

विजयी हुनेमा सबैभन्दा धेरै मत ल्याउनेले ७७ मत तथा सबैभन्दा कम मत ल्याउनेले ४९ मत ल्याएका छन् ।

वस्तुगत तर्फबाट निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ ६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०), प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३), विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१), सुवोधकुमार गुप्ता (५०), गोविन्द ढुंगेल (५०) र आकाश अधिकारीले (४९) मत पाएका छन् ।

सुमित केडिया, नरेशलाल श्रेष्ठ, भक्त हमाल, प्रकाशमान सिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता र आकाश अधिकारी ढकाल समूहका हुन् भने सन्दीप कुमार अग्रवाल, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिषलाल प्रधान, सकुन्तला हिराचन, विष्णु गैरे र गोविन्द ढुंगेल प्रधान समूहका हुन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ५२ बजे

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र