७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

काठमाडौं आइपुगे चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङहे



काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेइ फेङ्हे नेपाल आइपुगेका छन् ।

रक्षामन्त्री वेइ केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

एक दिने नेपाल भ्रमणमा आएका रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् ।

वेइले सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी भएपछि रक्षामन्त्री वेइ करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्ने कार्यक्रम रहेको छ । उनलाई नेपाली सेनाले सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्नेछ ।

जंगी अड्डामै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् ।

प्रधानमन्त्री ओलीसँग दुईपक्षीय भेटवार्ता सकिएपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटगर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँग भेटसकिएपछि उनी बंगलादेश प्रस्थानका लागि त्रिभुवन विमानस्थल जानेछन् ।

वेइले नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्धलाई थप मजबुतीबारे उच्च राजनीतिक भेटवार्ताका क्रममा नेपालको धारणाबारे बुझ्नेछन् ।

कोरोना भाइरसपछि रोकिएको सबैखाले दुईपक्षीय सहयोग संयन्त्रलाई अघि बढाउन रक्षामन्त्री वेइको भ्रमणले सहयोग पुग्ने विश्लेषण नेपाली र चिनियाँ अधिकारीहरुले गरेका छन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ५३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल