२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउनुस् : अध्यक्ष तिमिल्सिना



विराटनगर । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ‘कोभिड–१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले महामारी नियन्त्रणमा भूमिबा बढाउन आग्रह गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी सँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने जिकिर गरे ।

‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं,’ उनले भने ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभई सचेत हुन जरुरी छ।’

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राखे ।

‘यो महामारी अहिले मानव जातीको चुनौती हो। यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ’, उनले भने, ‘समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो।’

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

‘रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका पक्कै हुन्छ’, उनले भने, ‘तर, उपचार नभएको कोरोना जस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुँने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ। यसका लागि सचेतना आवश्यक छ।’

तिमिल्सिनाले कोरोनाको महामारी सुरु हुँदा संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई राहतका नाममा करोडौं खर्च स्मरण गर्दै भने, ‘सरकारले लकडाउन गर्दा वित्तिकै गाउँ-गाउँमा राहत वितरण अभियान चल्यो। हामी जनप्रतिनिधिहरु पनि आफ्ना जनतालाई राहत वितरण गर्ने अभियानमा सक्रिय भयौं। तर त्यो संधै सम्भव भएन। त्यसो गर्नु ठिक थिएन कि भन्ने अहिले संक्रमितको संख्या लाखौं पुगेपछि महशुस भएको छ।’

अध्यक्ष तिमिल्सिनाले पैसा वा राहतले भन्दा सचेताना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताए ।

यसअघि अन्य छ प्रदेशमा सम्पन्न अन्तर्क्रियाको अन्तिम कार्यक्रम आइतबार प्रदेश १ मा भएको हो। अन्तर्क्रिया कार्यक्रमको शिलशिलामा सातै प्रदेश पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले आफ्नो अनुरोधमा यति महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्न प्राविधिक सहयोग उपलब्ध गराएकोमा विश्व स्वास्थ्य संगठन र यसका नेपाल प्रमुखलाई धन्यवाद व्यक्त गरे । उनले यसप्रकारका कार्यक्रम स्थानीय तहसम्म गर्ने गरी छलफल र तयारी भइरहेको जानकारी गराए ।

अन्तर्क्रियामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार कोरोना नियन्त्रणका लागि दिनरात काम गरिरहेको बताए । उनले सांसदहरूले सरकारले गरेका राम्रा कामहरूको सञ्चार गर्न तथा स्वास्थ्य सचेतना जनतामा फैलाउन आग्रह गरे ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्यविज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड–१९ पछाडिको विज्ञानबारे सांसदहरूबीच प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चार विज्ञ डा. सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिडसम्बन्धी अफवहा तथा गलत सूचनाको प्रतिकारमा निर्वाचित प्रतिनिधिको भूमिका बारे प्रस्तुतिकरण दिएका थिए ।

स्वास्थय संगठनका विज्ञहरूले सरकारले बिरामीको परिक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वान्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  २ : ३७ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक