२० बैशाख २०८१, बिहिबार | May 2, 2024

युनेस्कोको सहकार्यमा बाँकेका विपन्न परिवारका लागि ९० थान खानेपानीको धारा



नेपालगन्ज । खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारले हेण्डपम्प प्राप्त गरेका छन् । बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ती परिवारका लागि ९० वटा खानेपानी धारा जडान गरिदिएको छ ।

बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । उनीहरुको समस्यालाई ध्यानमा राखेर कतार च्यारेटी नेपालको अनुदानमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

उनले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा सहयोगमा धाराहरु जडान गरिएको बताए ।

नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगञ्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैन्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।

जिल्लाको नरैनापुर र नेपालगन्जमा जडान गरिएका हैन्डपम्पबाट धारा जडान गरिएका वरिपरिका घरपरिवारपनि लाभान्वित हुने कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताउनुभयो ।
कतार च्यारेटी नेपालका प्रोग्राम म्यानेजर ईर्शाद शेषले ती ९० वटा धाराबाट ९० परिवारका पाँचसय बढीले प्रत्यक्ष रुपमा खानेपानीको उपभोग गर्न पाउने बताए ।

९० वटा धारा जडानका लागि ३३ लाख ६५ हजार ५५० रुपियाँ खर्च गरिएको क्लबले जनाएको छ । विगत केही समयदेखि बाँके जिल्लामा कतार च्यारेटी नेपालले क्लब मार्फत विपन्नहरुको आर्थिक अवस्थामा सुधारका लागि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : १४ बजे

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले