१४ असार २०८३, आइतबार | June 29, 2026

नेकपा सचिवालय बैठक बस्दै, ओलीलाई पाँच नेताले जवाफ फर्काउने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पुनः बस्दै छ ।  पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो ।

आजको सचिवालय बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् ।

नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला चलेको थियो । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र थमाएका थिए ।

ओलीले बैठक नबोलाइ कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए ।

त्यसको प्रत्युत्तरसमेत समेट्दै ओलीका कैयौ प्रवृत्तिहरुमाथि प्रहार गर्दै प्रचण्डले २८ गते ‘राजनीतिक प्रस्ताव’ सचिवालयमा पेश गरेपछि नेकपाभित्रको विवाद थप पेचिलो बनेको थियो । त्यसपछि मंसिर ३ गते बसेको बैठकमा ओलीले प्रचण्ड प्रस्तावलाई खारेज गर्दै त्यसविरुद्ध काउन्टर प्रस्ताव ल्याउन १० दिनको समय मागेका थिए । ओलीले मंसिर १३ गते पेश गरेको ३८ पृष्ठ लामो प्रस्तावमा प्रचण्डमाथि गम्भीर आरोप लगाउँदै पार्टी विभाजन गर्न प्रचण्डले नै खोजेको आरोप लगाएका थिए ।

प्रचण्डले पेश गरेको प्रस्तावमा सचिवालयका ५ जना सदस्यको समेत भावना समेटिएका कारण आजको बैठकमा पाँचै नेताले ओलीलाई जवाफ दिने बताइएको छ ।

प्रचण्ड नेपाल पक्षले कात्तिक २२ गतेदेखि मंसिर १३ गतेसम्मका सबै पत्राचार र प्रस्तावहरुलाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर प्रक्रियाद्वारा टुंग्याउने योजना बनाएको छ । तर, ओली पक्षले भने सचिवालय बैठकमा प्रचण्डले आत्मालोचना गरेर प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेको छ । सचिवालय भन्दा तल्लो कमिटीमा प्रस्ताव लैजाने वैधानिक अधिकार नभएको ओली पक्षको जिकिर रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ३३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा