२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाएपछि नेकपा सचिवालय बैठक बालुवाटारमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी ओलीले सुरक्षाको कारण देखाएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सुरु भएको हो।

उता सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयबाट प्रधानमन्त्री निवास सारिएकोमा कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलको बैठक आफ्नै पार्टी कार्यालयमा बस्दा कस्तो सुरक्षा अवस्था आएको हो भन्ने प्रश्न उब्जिएको उनीहरुले बताएका छन् ।

आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको अर्का अध्यक्ष प्रचण्ड विरुद्धको काउन्टर प्रस्तावमाथि सचिवालयका पाँच सदस्यहरुले जवाफ दिने बताइएको छ ।

बैठकमा ओली पक्षले भने प्रचण्डले आत्मालोचना गर्दै आफ्नो पूर्वप्रस्तावलाई फिर्ता लिनुपर्ने माग गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ०० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको