१९ बैशाख २०८१, बुधबार | May 1, 2024

नेपाली बडीबिल्डिङ खेलाडी रोजिन वज्राचार्यको बिदाइ



काठमाडौं । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य रोजिन वज्राचार्यलाई बुधबार बिदाइ गरिएको छ ।

नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।
रोजिनलाई नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले नेपाली टोलीका सदस्य रोजिनलाई सफलताको शुभकामना दिँदै खेलकुदको विकास र विस्तारका साथै खेलाडीको हौसलाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रको झण्डा बोकेर अन्तर्राष्ट्रिय एरिनामा सहभागी हुन लागेका रोजिनलगायत नेपाली टोलीलाई सफलताको शुभकामना दिए । उनले खेलाडीको मनोबल बढाउन क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले रोजिनलाई क्लबका तर्फबाट ट्रयाक सुट पनि प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा नेपालका रोजिनसहित धिरज घर्तीमगर, प्रकाश केसी र सुभम थापाले प्रतिस्पर्धा गर्ने छन् । रोजिनले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितेका छन् । उनले सन् २०१६ मा भएको मिस्टर काठमाडौंमा रजत पदक जितेका थिए । यसैगरी सन् २०१७ मा आयोजना भएको मिस्टर हिमालयमा स्वर्ण पदक जितेका थिए । यस्तै सन् २०१८ मा मिस्टर एभरेष्ट, मिस्टर बुल्समेन, धर्मश्री र दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिए । नेपाली टोली बुधबार नै बेंग्लोर प्रस्थान गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ९ : ३१ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ