२९ पुस २०८१, सोमबार | January 13, 2025

पर्यटन गन्तव्यमा निस्कियो नाट्टा



पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायी बुधबार प्रदेशका तीन जिल्लाको स्थलगत भ्रमण निस्किएका छन् ।

चारदिने भ्रमण गोरखा, लमजुङ र तनहुँका पर्यटन गन्तव्यमा केन्द्रित हुने छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई संस्थाको प्रतीकचिह्नाङ्कित ज्याकेट हस्तान्तरण गरेर टोलीलाई बिदाइ गर्दै कोभिड-१९ का कारण सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई अब स्वास्थ मापदण्ड अपनाएर चलायमान गराउनुपर्ने बताए ।

कार्यक्रममा परिषद्का द्वितीय उपाध्यक्ष एवम् भ्रमण कार्यक्रम संयोजक किशोर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए ।

परिषद्का पूर्वअध्यक्ष पशुपति शर्माले छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको भ्रमणले आन्तरिक पर्यटनलाई चलायमान गराउने विश्वास व्यक्त गरे ।

नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउँदै आन्तरिक पर्यटकलाई निम्तो दिन पर्यटकीय गन्तव्यको भ्रमण आयोजना गरिएको बताए । भ्रमणले पोखरा सुरक्षित छ भन्ने सन्देश दिने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : २० बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती