१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पर्यटन गन्तव्यमा निस्कियो नाट्टा



पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायी बुधबार प्रदेशका तीन जिल्लाको स्थलगत भ्रमण निस्किएका छन् ।

चारदिने भ्रमण गोरखा, लमजुङ र तनहुँका पर्यटन गन्तव्यमा केन्द्रित हुने छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई संस्थाको प्रतीकचिह्नाङ्कित ज्याकेट हस्तान्तरण गरेर टोलीलाई बिदाइ गर्दै कोभिड-१९ का कारण सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई अब स्वास्थ मापदण्ड अपनाएर चलायमान गराउनुपर्ने बताए ।

कार्यक्रममा परिषद्का द्वितीय उपाध्यक्ष एवम् भ्रमण कार्यक्रम संयोजक किशोर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए ।

परिषद्का पूर्वअध्यक्ष पशुपति शर्माले छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यको भ्रमणले आन्तरिक पर्यटनलाई चलायमान गराउने विश्वास व्यक्त गरे ।

नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ सतर्कता अपनाउँदै आन्तरिक पर्यटकलाई निम्तो दिन पर्यटकीय गन्तव्यको भ्रमण आयोजना गरिएको बताए । भ्रमणले पोखरा सुरक्षित छ भन्ने सन्देश दिने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ८ : २० बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक