१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

बलिउडका चर्चित अभिनेता रजनीकान्त राजनीतिमा प्रवेश गर्दै, दलको घोषणा आउँदो महीना



काठमाडौं । बलिउडका चर्चित अभिनेता रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा गरेका छन । नयाँ वर्षमा राजनीतिक पार्टी बनाउने र यसको घोषणा ३१ डिसेम्बरमा गरिने उनको भनाइ छ ।

ट्वीट मार्फत उनले यसबारे जानकारी दिएका हुन । तमिल भाषामा गरिएको ट्वीटमा उनले केही ह्याशट्याग पनि प्रयोग गरेका छन । जसमा ‘अहिले नभए कहिल्यै हुँदैन’, ‘हामी बदलिन्छौं, सबै बदल्छौं’ लेखिएको छ ।

राजनीतिक दल खोल्ने घोषणा अघि रजनीकान्तले आफ्नो संगठन ‘रजनी मक्कल मंदरम’ का जिल्ला सचिवहरुसँग ३० नोभेम्बरमा विचार-विमर्श गरेका थिए । उक्त बैठकपछि उनले चाँडै आफ्नो दल गठनबारे घोषणा गर्ने बताएका थिए ।  उनको यो निर्णयको प्रशंसकहरुले स्वागत गरेका छन ।

रजनीकान्तले सन् २०१७ देखि नै राजनीतिक दल खोल्ने बताउँदै आएका थिए । समय बित्दै जाँदा उनले यो विचार त्यागेको अड्कलबाजी गरिंदै आएको थियो । तर दल खोल्ने घोषणासँगै उनले तमाम शंकाहरुलाई विराम लगाइदिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ३८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का