७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिकैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १ बजेबाट सुरु भएको हो । दिउँसो १ बजेबाट सुरु गर्ने भनिए पनि अध्यक्ष ओली अनुपस्थित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बैठक सुरु भएको हो । बैठकमा ओली अनुपस्थित भएपनि उनी निकट स्थायी कमिटी सदस्यहरु भने सभागी भएका छन् ।

स्थायी कमिटी बैठक हुनेभएपछि बिहानैदेखि केन्द्रीय कार्यालय क्षेत्रको सुरक्षाअवस्था कडा बनाइएको थियो । यसअघि प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाउँदै धुम्बाराहीमा सचिवालय बैठक बस्न अस्वीकार गरेका थिए ।

ओलीले अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने माग राख्दै स्थायी कमिटी बैठक बस्न नै अस्वीकार गर्दै आएका थिए । तर, शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा छलफलका लागि पठाउने निर्णय गरेको थियो । सचिवालय बैठकमा ओलीले स्थायी कमिटी बैठकलाई रत्यौलीको संज्ञा दिएका थिए ।

नेकपा स्थायी कमिटीमा ४५ जना सदस्यहरु रहेका छन् । यद्यपी, अग्नि सापकोटा सभामुखमा चयन भएपछि एक सदस्य खाली रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  २ : ०७ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका