१२ बैशाख २०८१, बुधबार | April 24, 2024

माछापुच्छ्रे बैकका खातावालाले घर बसीबसी डिजिटल भुक्तानी गर्न सक्ने



काठमाडौं । माछापुच्छ्र बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ । डिजिटल भुक्तानीको ब्यवस्था मिलाउनका लागि बैंकले ‘corporatePAY’ नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको जनाएको छ । बैंकले दिएको जानकारी अनुसार सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु)बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्स्फर, तलबभुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्ने बैंकले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । बैंकका अनुसार यस प्रणाली मार्फत connectIPS अथवा  NCHL-IPSdf रियल–टाइम वानन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिने छ । यस प्रणालीबाट कारोबार गर्दा बैंक तथाcorporatePAYदुबैतर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ माछापुच्छ्रे बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहने बैंकले दाबी गरेको छ ।

corporatePAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवाप्रदानगर्न थप टेवापुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहजहुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ४८ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल