२४ भदौ २०८३, बुधबार | September 9, 2026

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त



नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको धाँधलीको विरोधमा विद्यार्थी आन्दोलन चर्किएको छ । शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै संसद् भवनअगाडि प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेपछि राजधानीका प्रमुख सडकहरू तनावग्रस्त बनेका छन् ।

सोमबार भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेको थियो । घटनामा १०० भन्दा बढी विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनापछि दिल्लीका सडकमा भत्किएका ब्यारिकेड, छरिएका सामान र रगतका दाग देखिएका छन् ।

व्यापक धरपकड र दमनका बाबजुद आन्दोलनकारी विद्यार्थीहरूले आन्दोलन नरोकिने बताएका छन् । प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले सरकारले आफ्नै नागरिकलाई अपराधीजस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै आन्दोलन जारी रहने बताए ।

पछिल्ला दुई महिनायता भारतका विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट (पेपर लिक) र उत्तरपुस्तिकाको गलत मूल्याङ्कन भएको भन्दै लाखौँ विद्यार्थी आन्दोलनमा छन् । आन्दोलनकारीका अनुसार यस घटनाबाट सिर्जित तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।

विद्यार्थीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ तथा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

यता विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले पनि आन्दोलनप्रति समर्थन जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर अन्य सांसदहरूसँग धर्ना दिएका छन् । उनले नागरिकलाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

सरकार र आन्दोलनकारीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ । आन्दोलनकारी पक्षले स्वास्थ्य मन्त्री जेपी नड्डासँग भएको वार्ता औपचारिकतामै सीमित रहेको आरोप लगाएको छ ।

प्रहरीले प्रदर्शनका क्रममा तोडफोड र हिंसामा संलग्न रहेको आरोपमा पाँच वटा मुद्दा दर्ता गरेको छ । तर आन्दोलनका अगुवा अभिजीत दिप्केले शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म र आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ८ : ०८ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ