२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

सर्वदलीय बैठकमा विपक्षीदलको एकस्वर : सरकारको गलत कामले असन्तुष्टी बढ्यो



काठमाडौं । समसामायिक विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा भएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारप्रति तिब्र असन्तुष्टि जनाएका छन् ।

बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विपक्षीदलहरूले सरकारकै गलत कामका कारण जनतामा वितिष्णा देखिन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र प्रतिनिधिहरु सहभागी बैठकमा प्रमुख उनीहरूले सरकारले गलत कामको परिणान सडकमा पोखिन थालेको बताए ।

सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुको भनाई थियो।

काँग्रेस सभापति शेरबहादुर देउवा बैठक चलिरहेकै बेला आफु बोलेर बैठकबाट बाहिरिएका थिए । कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको बताए। ‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्’, नेता महतले भने, ‘त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो।’

बैठकमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले संविधान विरोधी गतिविधि विरुद्ध एक हुन आव्हान गरेका थिए । त्यस्तै, पछिल्लो समय हिंसात्मक गतिविधि बढेको भन्दै प्रधानमन्त्री ओलीले हिंसाविरुद्ध पनि एक हुन आव्हान गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ११ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित