३ चैत्र २०८२, मंगलबार | March 18, 2026

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा



काठमाडौं । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मंगलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् ।

बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति गरेका हुन् ।

राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासिक प्रगति समीक्षा गर्दै आवश्यक सुझाव र निर्देशनसमेत दिएको छ ।

बैठकमा कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन मन्त्रालयका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेलबासे, पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र श्रम मन्त्रालयका सचिव तोयम रायाले आ-आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मन्त्रालयस्तरीय विकास समस्या समाधन समितिबाट समाधान हुन नसकी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरुको बारेमा छलफल तथा विश्लेषण गरी समाधानका लागि उपयुक्त सुझाव तयार गर्ने, अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय र निर्देशन दिने उद्देश्य निर्धारण गरेर बैठक आयोजना गरिएको उपाध्यक्ष कँडेलले जानकारी दिए ।

बैठकमा योजना आयोगका उपाध्यक्ष कँडेल, सदस्यहरु डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव शिशिर ढुङ्गाना, प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, महालेखा नियन्त्रक कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, योजना आयोगलगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरुको सहभागिता थियो । बैठक यही मंसिर २२ गते शुरु भइ २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ४९ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड