२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालको फिफा वरियता यथावत



काठमाडौ । नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ ९फिफा० ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ ।

बङ्गलादेश फिफा बरियतामा दुई स्थान झरेको छ । गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ९ : ४७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति