२० मंसिर २०८२, शनिबार | December 6, 2025

वीरगञ्जमा एकजना कारखाना मजदुरको शव फेला, हत्या भएको आशंका



वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३२ पारसवामा एकजना मजदुरको शव फेला परेको छ ।

वीरगञ्जको एक कारखानामा काम गर्दै आएका पारसवाका स्थानीय ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले उनको हत्या भएको आशंका गरेको छ ।

पारसवामा रहेको उनको घर नजिकैको कुलोमा अंगोछाले घाँटीमा पासो लगाएको अवस्थामा साहको शव फेला परेको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिएकी छिन्। शव नजिकै रगत लागेको लट्ठी भेटिएको र मृतकको आँखामा पनि चोट देखिएका आधारमा प्रहरीले हत्याको आशंका गरेको हो ।

प्रहरीका अनुसार साह बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने मजदुर भएको तथा उनले शुक्रबार आफ्नो भान्जीको बिबाहका लागि भन्दै कारखानाबाट रकम बुझेर आएको बुझिएको छ । उनीसँग भएको रकम लुट्ने उद्देश्यले साहको हत्या भएको हुन सक्ने प्रहरीको भर्ना छ ।

साहको शव पाष्टमार्टमाका लागि नारायणी अस्पतालमा राखिएको छ । यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ११ : ४६ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय