९ पुस २०८२, बुधबार | December 24, 2025

कोरोना संक्रमणका कारण मलेसियामा एक नेपालीको मृत्यु, बाँकेमा कन्चपुरका पुरुषको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसका कारण मलेसियामा रहेका एकजना नेपालीको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।

दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए ।

यता बाँकेमा उपचारकालागि कञ्चनपुरबाट बाँके पुगेका १ जना पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भिमदत्त नगरपालिका १५ गोबरियाका ५४ वर्षीय पुरुषको गयराती १२ः३० बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

मंसिर २२ गते भर्ना भएका उनलाई रेम्डिशिवीर, प्लाज्मा थेरापी, एन्टिबायोटिक, भेन्टिलेटर लगायतको बिधिबाट उपचार गरिएकै अवस्थामा मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँकेमा बाहिरी जिल्लाका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ४० बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका