१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रमुख प्रतिपक्षी काँग्रेसले आज सरकार विरुद्ध देशभर प्रदर्शन गर्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षको हैसियतमा काँग्रेसले सरकार विरुद्ध पहिलोपटक वृहत प्रदर्शन गर्न लागेको हो ।

यही मंसिर १७ गते काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै काँग्रेसले आन्दोलनको घोषणा गरेको थियो ।

सरकार सर्वसत्तावादी बनेको, जनताका आधारभूत समस्या समाधानमा समेत ध्यान नदिएको, प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको, कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको लगायतका कैयौं माग राख्दै काँग्रेस आन्दोलनमा उत्रिन थालेको हो ।

आजको प्रदर्शन अघि सभापति शेरबहादुर देउवाले प्रदर्शनमा मास्क लगाएर आउन अपील गरेका छन् । सभापति देउवाले जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको जनाएका छन् ।

यसअघि काँग्रेसले गरेको प्रदर्शनमा न्यून सहभागित हुने गरेको थियो । तर, आजको प्रदर्शनमा देशभरबाट १० लाख बढी मानिसलाई सडकमा उतार्ने काँग्रेसले दाबी गरेको छ ।

काँग्रेसले आफु जिम्मेवार प्रतिपक्ष भएर निरन्तर शालीन ढंगले संवादमैत्रीको भूमिका निभाउँदै आएपनि सरकारले त्यसलाई कमजोरीको रुपमा लिएको टिप्पणी गरेको छ ।

प्रदर्शनको नेतृत्व गर्न काँग्रेका नेताहरु विभिन्न जिल्लामा पुगेका छन् । सभापति देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनको नेतृत्व गर्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुमा, महामन्त्री शशांक कोइरालाले विराटनगरमा प्रदर्शनको नेतृत्व गर्नेछन् ।

यसैगरी, नेता गगन थापाले कैलालीमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषाको नेतृत्व गर्ने भएका छन् ।

प्रदर्शनपछि आयोजना हुने सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ०१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष