७ चैत्र २०८२, शनिबार | March 22, 2026

देशमा राजतन्त्र फर्किदैन, कम्युनिष्टहरुसँग अब कहिल्यै सहकार्य हुँदैन : काँग्रेस महामन्त्री कोइराला



विराटनगर । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्किन नसक्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले कुनै पनि स्वरुपमा राजतन्त्र फर्किन नसक्ने स्पष्ट पारेका हुन् ।

कोइरारलाले हिन्दु राष्ट्रभने फर्किने विश्वास व्यक्त गरेका छन् । उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ, तर मुलुकमा राजा कुनै पनि स्वरूपमा अब आउँदैन ।’

काँग्रेस महामन्त्री कोइरालाले अब कहिल्यै पनि कम्युनिष्टहरुसँग सहकार्य गरेर अघि नबढ्ने जनाए । २०४६ सालमा कम्युनिष्टहरुसँग सहकार्य गर्दा उनीहरुलाई दोस्रो शक्तिको रुपमा स्थापित गराएर काँग्रेसले ठूलो भूल गरेको उनले बताए । अहिले त्यसैको फल काँग्रेसले भोगिरहेको उनको जिकिर थियो ।

पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले फागुनमा महाधिवेशन सम्भव नभएका कारण जेठमा सार्नुपर्ने बताए ।

उनले भने, ‘फागुनसम्म त क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै समय जान्छ । महाधिवेशन जेठमा गराउनुपर्छ ।’ महाधिवेशनमा आफु सभापतिको उम्मेदवार हुने पनि कोइरालाले स्पष्ट पारे । आफु र शेखर मध्ये को सभापतिको उम्मेदवार बन्ने भन्ने कुरा कार्यकर्ताले टुंगो लगाउने उनले विश्वास व्यक्त गरे ।

काँग्रेस महामन्त्री कोइराराले सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरित अघि बढेको आरोप लगाए । तनहुँमा वरिष्ठ नेतामाथि ज्यादती गरेर सरकारले सर्वसत्तावादी व्यवहार देखाएको उनले जिकिर गरे । सरकारी ज्यादतीको विरोधमा देशव्यापी रुपमा सुरु भएको प्रदर्शनलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ३९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा