१० असार २०८३, बुधबार | June 24, 2026

उपराष्ट्रपति पुन र बङ्गलादेशका नवनियुक्त राजदूतबीच भेटवार्ता, दुबै देशबीच वाणिज्य,पर्यटन र पूर्वाधार विकासमा सहकार्य गर्न जोड



काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बङ्गलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेटवार्ता गरेका छन । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति पुनले स्वतन्त्रतापछि बङ्गलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिदै बङ्गलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएको स्मरण गरे ।

उपराष्ट्रपतिले बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बङ्गलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्नेमा जोड दिए । उनले विश्वव्यापी कोरोना कोभिड–१९ बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउँँदै नेपाल विदेशी पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा बङ्गलादेशका राजदूत चौधरीले नेपाल बङ्गलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए । बङ्गलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । उनले बङ्गलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनेको उल्लेख गर्दै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाई दिएको बताए ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बङ्गलादेशले सहकार्य विस्तार गर्न चाहेको बताए । उनले आगामी साता बङ्गलादेशबाट नेपालले मल किन्नेसम्बन्धी सम्झौता हुने बताए । उनले प्राकृतिक सौन्दर्यका लागि बङ्गलादेशीका लागि नेपाल पहिलो रोजाइ भएको बताए । “साहसिक पर्यटनका लागि बङ्गलादेशीहरुको पहिलो गन्तव्य नेपाल हो”, उनले भने ।

राजदूत चौधरीले बङ्गलादेश स्वच्छ ऊर्जाप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै सोका लागि नेपालको बिजुली किन्न चाहेको बताए । “बङ्गलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ, किनकि यो स्वच्छ ऊर्जा हो”, उनले भने । राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपयुक्त समयमा बङ्गलादेशको भ्रमण गर्न आग्रह गर्दै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ५८ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३