२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ् पार्ने उपराष्ट्रपति पुनको विश्वास



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन ।

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ् पार्ने विश्वास व्यक्त गरे ।

शुद्ध पानी चढाइ देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने तथा आपसमा शुभकामना आदन प्रदान गरेर मनाइने ग्याल्पो ल्होसारलाई आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रुपमा लिइने उनको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो भन्दै उपराष्ट्रपतिले हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र विभिन्न समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरवका रुपमा रहेका बताए ।

“हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएको शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान छ । यो पहिचान विश्वमा नेपालकै पहिचान हो”, सन्देशमा उनले भनेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ३० बजे

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा