१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

उपराष्ट्रपति पुन र बङ्गलादेशका नवनियुक्त राजदूतबीच भेटवार्ता, दुबै देशबीच वाणिज्य,पर्यटन र पूर्वाधार विकासमा सहकार्य गर्न जोड



काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बङ्गलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेटवार्ता गरेका छन । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति पुनले स्वतन्त्रतापछि बङ्गलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिदै बङ्गलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएको स्मरण गरे ।

उपराष्ट्रपतिले बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बङ्गलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्नेमा जोड दिए । उनले विश्वव्यापी कोरोना कोभिड–१९ बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउँँदै नेपाल विदेशी पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा बङ्गलादेशका राजदूत चौधरीले नेपाल बङ्गलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए । बङ्गलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । उनले बङ्गलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनेको उल्लेख गर्दै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाई दिएको बताए ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बङ्गलादेशले सहकार्य विस्तार गर्न चाहेको बताए । उनले आगामी साता बङ्गलादेशबाट नेपालले मल किन्नेसम्बन्धी सम्झौता हुने बताए । उनले प्राकृतिक सौन्दर्यका लागि बङ्गलादेशीका लागि नेपाल पहिलो रोजाइ भएको बताए । “साहसिक पर्यटनका लागि बङ्गलादेशीहरुको पहिलो गन्तव्य नेपाल हो”, उनले भने ।

राजदूत चौधरीले बङ्गलादेश स्वच्छ ऊर्जाप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै सोका लागि नेपालको बिजुली किन्न चाहेको बताए । “बङ्गलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ, किनकि यो स्वच्छ ऊर्जा हो”, उनले भने । राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपयुक्त समयमा बङ्गलादेशको भ्रमण गर्न आग्रह गर्दै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ५८ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र