१ पुस २०८२, मंगलबार | December 17, 2025

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गरेको छ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताएका छन् ।

सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताएका हुन् ।

लोकतन्त्रमाथि प्रहार गर्नेहरुमा प्रतिगामी तत्व (राजावादी) र विप्लव माओवादी दोस्रो र तेस्रो रहेको पनि पौडेलले बताए । नेता पौडेलले भने,  ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिष्टले गर्दैछ । दोस्रो प्रहार देशका प्रतिगामी तत्वहरुले गर्दैछन् र तेस्रो प्रहार हिजो कै माओवादी भित्रका विप्लवले गर्दैछ । यी सबै तत्वहरु लेकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने, लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हुन् ।’

काँग्रेस वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु नै लोकतन्त्रवादी नभएकाले जनताले दुःख पाइरहेको बताए । अलोकतान्त्रवादीहरुले सरकार चलाइरहेकाले लोकतन्त्र संकटमा पार्न खोजिएको पौडेलको,जिकिर थियो ।  तर नेपाली कांग्रेस रहदा सम्म लोकतान्त्रलाई संकटमा पार्न नदिने समेत वरिष्ठ नेता पौडेलले बताई । उनले भने, ‘देशमा यत्रो ठूलो संघर्ष गरेर आएको लोकतान्त्रिक व्यवस्था छ तर यो लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु लेकतन्त्रवादी छैनन् । यिनको दर्शन, यिनको सिद्धान्त, यिनको पृष्ठभूमि नै लोकतन्त्रवादी छैन, अलोकतन्त्रवादी छ । जसले गर्दा आज लोकतन्त्र संकटमा पार्न खोजिदै छ ।’

वरिष्ठ नेता पौडेलले राजाको निर्दलीय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युष्टिहरुले पुल बनाउँदा करङ्ग भाँचिदिएको बताए। उनले राजा र कम्युनिष्ट एक सिक्काका दुईपाटा भएको टिप्पणी समेत गरे । उनले भने ‘राजाको निर्दलीय पञ्चायतको बेला हामीले रुख रोप्दा हाम्रा टाउका फुटथिए, आज कम्युनिष्टको सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ्ग भाँचिदैछन् । यो एउटा विडम्बना हो । यो एउटै सिक्काका दुईपाटा हुन् । अधिनायकवादका दुईवटा स्वरुप हुन चाहे जुनसुकै नाममा आओस । प्रवृति उही हो । मनोवृति उही हो । सबै सत्ता आफ्नो हातमा लिएर आफै मोज गर्ने, आफ्नो हात जगन्नाथ गर्ने, आफ्ना मान्छे पोस्ने आफ्नै वर्ग खडा गर्ने वा वर्ग जन्माउने फेरी यो देशमा अभ्यास भइरहेको छ ।’

देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको पनि वरिष्ठ नेता पौडेलले बताए । राज्यको ढुकुटी मासेर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको पनि उनले दाबी गरे । सरकार भ्रष्ट्राचारमा डुबिसकेको पनि वरिष्ठ नेता पौडेलले दाबी गरे । कम्युनिष्ट पार्टीकै बहुमत नेताहरुले नै सरकार भ्रष्ट्राचारमा डुबिसकेको बताइसकेकाले अरु भन्नुपर्ने कुरै नभएको पनि उनले बताए । सरकारले सत्ताको दुरुपयोग गरिरहेको आरोप उनको आरोप छ ।

७० वर्षसम्म जनताले लडेर ल्याएको संविधान र सपुतहरुको अथक प्रयासबाट कायम भएको व्यवस्था खलबलाउने काम भएको पनि नेता पौडेलले बताए । सरकार कम्युनिष्ट पार्टीको भएपनि देश कम्युनिष्ट नभएको भन्दै सरकारले देशलाई कम्युनिजम बनाउने दुस्साहस गरिरहेको आरोप लगाए । उनले भने, ‘सरकार कम्युनिष्ट पार्टीको होला तर देश कम्युनिजम होइन । देश साम्यवादी होइन । कम्युनिष्टको सरकार होला, कम्युनिष्ट पार्टीको होला तर राज्य कम्युनिष्ट होइन । तर राज्यलाई नै कम्युनिष्ट बनाउने दुस्साहसहरु आज यिनिहरुले गर्न गइरहेका छन् ।’

अहिले देश पूर्ण रुपमा असफलतातिर गइरहेको र त्यसको हिसाब अबको चुनावमा जनतासँग माग्ने पनि वरिष्ठ नेता पौडेलले बताए।  उनले थपे, ‘सरकार पूर्ण रुपमा असफलतातिर गइरहेको र हामी त्यसको हिसाब आउँदो चुनावमा जनताकोमा गएर माग्छौं । हामी लोकतन्त्रबादी हौं । अहिल्यै हामी सरकार फाल भनिरहेका छैनौं । सरकार जान्छ भने उनकै अन्तरद्धन्द्धले जान्छ । हामीलाई लेनादेना केहीपनि छैन तर हामी यसको हिसाब छोडनेवाला छैनौं ।’

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसबाट कुनै कमिकमोजरी भएमा सुधार गरी सच्याएर अगाडि बढ्न चाहेको पनि प्रष्ट पारे ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ०१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष