१७ बैशाख २०८१, सोमबार | April 29, 2024

दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ घर निर्माण हुँदै



दाङ । दाङमा जनता आवास कार्यक्रम अन्तर्गत २६७ वटा घर निर्माण हुँदै छन् ।

आर्थिक रूपमा विपन्‍न र लोपोन्मुख तथा दलित जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनोट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने भएका हुन् ।

यो कार्यक्रम अन्तर्गत रोल्पामा ११२, प्युठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।

दाङमा गत आर्थिक वर्षमा छनोट भएका बबई गाउँपालिकामा २०, दंगिशरण गाउँपालिकामा १७, शान्तिनगर गाउँपालिकामा १३, तुलसीपुर उपमहानगरपालिकामा ५३, घोराही उपमहानगरपालिमा ५६, बंलाचुली गाउँपालिकामा ३६ लमही नगरपालिकामा २९ राप्ती गाउँपालिकामा १३, गढवा गाउँपालिकामा १५ र राजपुर गाउँपालिकामा २१ घर निर्माण सम्पन्‍न हुन लागेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इन्जिनियर शेरबहादुर केसीले बताए । उनले घर निर्माणका लागि तीन किस्ता रकमसमेत वितरण गरेको बताए ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्‍न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागि प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३५ हजार ५ सय अनुदान पाउने भएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४२ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक