९ पुस २०८२, बुधबार | December 24, 2025

हुम्लाका २२ मासु पसलको अनुगमन



सिमकोट । सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा एक मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको र सात दिनभित्र दर्ता गर्न म्याद दिएको, यदि यो समयावधिमा दर्ता नभएको खण्डमा पसल बन्द गर्ने निर्णय भएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक विष्णु बुमीले जानकारी दिए ।

दुई मासु पसलमा बिग्रिएको मासु भेटिएकाले उनीहरुलाई एकपटक सुध्रिने मौका दिएको र बिग्रिएको मासु बरामद गरी नष्ट गरिएको छ । यस्तै तीन नवीकरण नभएको, चार साइनबोर्ड नभएको र सात मासु पसलमा मूल्यसूची नभएको पाइएको पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमीले जानकारी दिए ।

यी मासु पसल सञ्चालकलाई एक हप्ताभित्र सम्पूर्ण कागजात जुटाएर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । सिमकोटमा सञ्चालित एक मात्र एग्रोभेट अनुगमनका क्रममा राम्रो रहेको छ । अधिकांश मासु पसल अत्यन्तै फोहर र बासी कुहिएको मासु बिक्री तथा बधस्थल अधिकांश फोहर रहेको गुनासो आउन थालेपछि अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

अनुगमनमा सम्बन्धित मासु पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सफा हुनुका साथै मास्कको प्रयोग गर्न, मासु झिङ्गाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडावर्तन सफा राख्न, मूल्यसूची राख्न र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको सिमकोट गाउँपालिका पशु सेवा शाखाका संयोजक महेन्द्रबहादुर शाहीले बताए । ‘स्वच्छ मासु खाऔँ, स्वस्थ बनौँ’ भन्ने गाउँपालिकाको नारा रहेको संयोजक शाहीले बताए ।

नेपालगञ्ज र सुर्खेतबाट आउने मासु जाँचका लागि भोलिदेखि सिमकोट विमानस्थलमा पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमी विमानस्थलमा बस्ने जानकारी पनि सो अवसरमा दिए । रासस

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ४५ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड