१५ असार २०८३, सोमबार | June 29, 2026

पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षले प्रदेश १ स्तरीय भेला गर्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल समुहबीच चलिरहेको अन्तसंघर्षको नकारात्मक प्रभाव तल्लो कमिटीहरुमा देखिन थालेको छ ।

शिर्ष नेताहरुबीच कतै सहमतिको सुत्र फेला पर्छ कि भनेर केही दिनको अन्तरालमा बैठक बस्ने गरेपनि दुवै समुह आआफ्नो गुट बलियो बनाउन मात्रै लागि परेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश १ स्तरीय भर्चुअल भेला गरेको केही दिनपछि प्रचण्ड–नेपाल पक्षले पनि प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ ।

काठमाडौंको पेरिसडाँडास्थित जनवर्गीय संगठनको कार्यालयमा दिउँसो १ बजेपछि हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरु, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवहरु सहभागी हुने बताइएको छ । प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरु उपस्थित हुने सो भेलामा शिर्ष नेताहरुले पार्टीभित्रको पछिल्लो विवादबारे स्पष्ट पार्दै आफ्नो पोजिशन राख्ने बताइएको छ ।

केन्द्रीय तहमा देखिएको अन्तसंघर्षका कारण जिल्लामा खटिएका नेता कार्यकर्ताहरु अन्यौलमा परेका कारण भेला आयोजना गरिएको नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ११ : ३० बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि