७ आश्विन २०८३, बुधबार | September 23, 2026

सभामुख अग्नि सापकोटाको मुद्दामा सर्वोच्च अदालतले पेशी तोक्यो



काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दाको पेशी तोकेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको सभामुख सापकोटाको मुद्दाको पेसी शुक्रबार तोकिएको हो ।

यसअघि सभामुख सापकोटाको मुद्दा २०७६ फागुनमा पेशीमा चढाइएको थियो । तर नभ्याएपछि सुनुवाई सरेको थियो ।

सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्याको आरोप रहेको छ । सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको तिब्र अन्तसंघर्षकै बीचमा सभामुख सापकोटाको मुद्दामा पेशी तोकिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा तीन पटक अनुपस्थित भएका थिए । सभामुख सापकोटा नेकपा अध्यक्ष प्रचण्ड निकट रहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज