२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सभामुख अग्नि सापकोटाको मुद्दामा सर्वोच्च अदालतले पेशी तोक्यो



काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दाको पेशी तोकेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको सभामुख सापकोटाको मुद्दाको पेसी शुक्रबार तोकिएको हो ।

यसअघि सभामुख सापकोटाको मुद्दा २०७६ फागुनमा पेशीमा चढाइएको थियो । तर नभ्याएपछि सुनुवाई सरेको थियो ।

सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्याको आरोप रहेको छ । सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको तिब्र अन्तसंघर्षकै बीचमा सभामुख सापकोटाको मुद्दामा पेशी तोकिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा तीन पटक अनुपस्थित भएका थिए । सभामुख सापकोटा नेकपा अध्यक्ष प्रचण्ड निकट रहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : २९ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो